Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रहरीको अचम्मको निवेदन – महोदय, विवाहपछि खुसीको खबर दिन १५ दिनको छुट्टी चाहियो

    प्रहरीको अचम्मको निवेदन – महोदय, विवाहपछि खुसीको खबर दिन १५ दिनको छुट्टी चाहियो

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । भारतको उत्तर प्रदेशको बलिया जनपदमा तैनाथ एक प्रहरी हवल्दारको छुट्टीको निवेदन भाइरल भएको छ । यसमा ती हवल्दारले विवाहपछि खुसीको खबर दिनका लागि १५ दिनको छुट्टी माग गरेका छन् ।

    उनले उक्त निवेदनमा विवाहको सात महिना बितिसक्दा पनि हालसम्म खुसीको खबर नपाएको दुखेसो पनि पोखे । जिल्लाको डायल ११२ मा तैनाथ गोरखपुरको सिपाहीले यो निवेदन दिएका हुन् ।



    उक्त पत्रमा जवानले आफ्ना अधिकारीलाई लेखेका छन्, ‘महोदय, प्रार्थीको विवाहको सात महिना बितिसकेको छ । हालसम्म खुसीको खबर पाएकै छैन । म्याडम (श्रीमती) ले डाक्टरको सल्लाह अनुसार औषधी खान सुरु गरिसकेकी छिन् । म उनीसँग बस्नुपर्छ । प्रार्थी घरमा नै बस्नेछ ।



    अतः श्रीमानजी सँग के निवेदन गर्छु भने प्रार्थीलाई १५ दिनको इएल (अर्जित अवकाश) दिने कृपा गर्नुहोस् । तपाईंको महान कृपा हुनेछ ।’ युपीको प्रहरीको यो पत्र विशेष चर्चामा आएपछि एकातिर मानिसहरुले यसको मज्जा लिइरहेका छन् भने अर्कोतर्फ अवकाशको कारणबारे पनि खुबै विचार विमर्श भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार