Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • यो सरकार माफियाको सरकार भएको शंकर पोखरेलको भनाई

    यो सरकार माफियाको सरकार भएको शंकर पोखरेलको भनाई

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 771
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले यो सरकार माफियाको भएको बताएका छन् ।

    भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने बताए ।



    एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको भन्दै उनले भने, ‘यो सरकारका कारण महंगी बढेको छ, जनताको जीवनस्तर कष्टकर बनेको छ ।’



    एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको उनले बताए । यो सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा रहेको भन्दै उनले भने, ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ ।’

    उनले अघि भने, ‘यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार