Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना निःशुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल

    कोरोना निःशुल्क उपचारका लागि सरकारले तोक्यो १७ अस्पताल

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 963
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि सरकारले १७ वटा अस्पताललाई जिम्मा दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार कोभिड १९ संक्रमणको मध्यम अवस्था र गम्भीर अवस्था भएका बिरामीहरूको उपचारका लागि सबै प्रदेशमा अस्पताल तोकेको हो ।



    असार ३१ गतेको निर्णय अनुसार मन्त्रालयले कोभिड संक्रमितको उपचारका लगि अस्पताल तोकेको जनाएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार गर्न सकिने अस्पतालहरूको सूची सार्वजनिक गरेको छ।



    मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेश नम्बर १ मा दुइटा अस्पतालहरूमा कोभिडका बिरामीको निःशुल्क उपचार गर्न सकिन्छ। जसमा विराटनगरको कोसी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छन्।

    यस्तै, मधेस प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पताल, वीरगञ्जमा निःशुल्क उपचार गर्न सकिन्छ। बागमती प्रदेशमा भने पाँच वटा अस्पतालहरू निःशुल्क उपचार गर्नका लागि तोकिएका छन्।

    जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, चितवनको भरतपुर अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पताल छन्।

    यसैगरी, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पतालमा निःशुल्क उपचार गर्न सकिन्छ। लुम्बिनी प्रदेशमा पनि दुइटा अस्पताल तोकिएका छन्। जसमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगञ्जस्थित भेरी अस्पताल रहेका छन्।

    कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि दुई(दुई वटा अस्पताल तोकिएका छन्। जसमा कर्णालीमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरेन्द्रनगरस्थित सुर्खेत प्रादेशिक अस्पताल रहेका छन्। यसैगरी, सुदूरपश्चिममा डडेलधुरा अस्पताल र कैलालीस्थित सेती प्रादेशिक अस्पताल छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार