Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले भने - देशको आमूल परिवर्तन माओवादीले गरेको हो

डोटी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको आमूल परिवर्तन माओवादी पार्टीले गरेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र डोटीले सोमवार जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियान कार्यक्रममा उनले माओवादीका कारण देशमा आमूल परिवर्तन भएको र नागरिकले बोल्न पाउने अधिकार पाएको बताए ।

मुख्यमन्त्री भट्टले जनयुद्धको बलमा बनेको संविधानले स्थानीय सरकारलाई कानून बनाउनेदेखि न्यायिक अधिकार दिएको दाबी गरे ।

उनले आफू मुख्यमन्त्री भएपछि डोटीका लागि थुप्रै विकास गरेको र बाँकी रहेका अधुरा विकासका काम पनि पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले माओवादीका नेता कार्यकर्ता शहरमुखी नभएर गाउँमुखी हुनुपर्ने समेत बताए । उनले भने, ‘माओवादीका नेताहरू शहरमा होइन, अब गाउँमा जनतामाझ जानुपर्छ, आफ्ना योजना, कामबारे जनताका माझमा लैजानुस्, गाउँ जान डराउनुपर्ने कुनै कारण छैन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077