Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेशसँग खेल्दै नेपाल

    साफ यू-२० च्याम्पियनसिप : आज बंगलादेशसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।

    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियो ।



    नेपाल अस्ति आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।



    बङ्लादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ ।

    माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्लादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार