Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यू–२० साफ च्याम्पियनसिप : भारतले माल्दिभ्सलाई हरायो, टुंगियो नेपालको यात्रा

    यू–२० साफ च्याम्पियनसिप : भारतले माल्दिभ्सलाई हरायो, टुंगियो नेपालको यात्रा

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । वैकल्पिक खेलाडी गुरकिरात सिंहले अन्तिम मिनेटमा गरेको गोलमा भारतले मंगलबार यू–२० साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई १–० ले हराएको छ ।

    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साँझ सम्पन्न दिनको खेलमा प्रतियोगिताबाट बाहिरिइसकेको माल्दिभ्सलाई १-० गोलले हराउँदै भारत उपाधिनजिक पुगेको हो । जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ भने नेपालको यात्रा टुंगिएको छ ।



    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारत गोल गर्न सफल रह्यो। उसका लागि फरवार्ड गुर्किरत सिंहले खेलको ९०औं मिनेटमा गोल गर्दै जित दिलाए। उनले पेनाल्टी क्षेत्रभित्र माल्दिभ्सका डिफेन्सले क्लियर गर्न नसकेको बललाई टप कर्नरमा प्रहार गरेका थिए।



    खेलको इन्ज्युरी समयमा भारत १० खेलाडीमा समेटियो । लिग चरणको अन्त्यमा बंगलादेश ४ खेलमा १० अंक जोड्दै शीर्षस्थानमा रह्यो। भारतले ४ खेलमा ९ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान बनायो।

    गत संस्करणमा पनि भारत र बंगलादेशले फाइनल खेलेका थिए । फाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । तर, गत वर्ष १८ वर्ष मुनीको उमेर समूहमा प्रतिस्पर्धा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार