Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मुख्यमन्त्री भट्ट भन्छन् - पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा संगठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गरे।

'जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो नेताले विकास गर्छ' उनले भने।

मुख्यमन्त्री भट्टले चुनावमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक साधनमात्रै भएकाले त्यस्तो नेतालाई भोट नदिनसमेत आग्रह गरे। अब हुने संघीय र प्रदेश निर्वाचनमा विकास गर्ने नेतालाई छान्न उनले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077