Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चीन-अमेरिका तनाव : २१ चिनियाँ लडाकु जेट ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

    चीन-अमेरिका तनाव : २१ चिनियाँ लडाकु जेट ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.7K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । ठुलो संख्यामा चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका छन् ।

    अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा २० भन्दा बढी चिनियाँ सैन्य विमान उडेको ताइवानका अधिकारीहरुले बताएका छन् ।



    टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाँ जनसेनका विमान ताइवानको दक्षिण पश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।’



    सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन् । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् ।

    चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार