Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अमेरिकी सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता

    अमेरिकी सभामुख र ताइवानी राष्ट्रपतिबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 615
    SHARES

    एजेन्सी । अताइवान भ्रमण गरेकी अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले त्यहाँका राष्ट्रपति साइ इङ वेनसँग भेट गरेकी छिन् ।

    भेटका क्रममा राष्ट्रपति इङले पेलोसीलाई ‘ताइवानको सबैभन्दा समर्पित साथीमध्ये एक’ भनेर सम्बोधन गरेकी थिइन् ।



    भेटवार्ताका क्रममा राष्ट्रपति इंगवेनले ताइवानको समर्थन गरेकोमा पेलोसीलाई धन्यवाद दिएको बीबीसीले जनाएको छ ।



    राष्ट्रपति इंगवेनले सभामुख पेलोसीलाई अर्डर अफ प्रोपिटियस क्लाउड्स समेत प्रदान गरेकी छन् ।

    राष्ट्रपति इंगवेनले ताइवानसँग पेलोसीको सम्बन्ध लामो र गहिरो रहेको समेत बताएकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार