Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • परीक्षा बोर्डले भन्यो – साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु

    परीक्षा बोर्डले भन्यो – साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिनु

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 978
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय बढाउन विद्यालय र क्याम्पसहरुलाई निर्देशन दिएको छ।

    बुधबार एक सूचना जारी गर्दै एसइईको नतिजा साउन ११ मा प्रकाशित भएको र विद्यालय तथा क्याम्पसले फरक(फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखेको विषयमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।



    बोर्डका अनुसार छोटो समयको म्याद राखेर भर्ना खुलाउँदा दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासो आएको हो ।



    बोर्डले भर्ना खुलाउँदा कम्तीमा १५ दिनसम्म आवेदन दिनसक्ने गरी साउन मसान्तसम्मको व्यवस्था मिलाउन पनि विद्यालय तथा क्याम्पसलाई अनुरोध गरेको छ ।

    साथै सबै पालिकाबाट त्यसैअनुसार समन्वय र सहजीकरण गर्न समेत सूचित गरेको छ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल गएको साउन ११ गते प्रकाशित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार