Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश

    प्रेमीकी श्रीमतीलाई सात करोड क्षतीपूर्ति दिन अदालतको आदेश

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । एक युवतीलाई प्रेमीकी श्रीमतीलाई लगभग सात करोड रुपैया दिन चिनियाँ अदालतले आदेश दिएको छ । उनीहरुको सम्बन्ध कानुनको नजरमा वैधानिक नभएको बताउँदै ती युवतीलाई ३.७९ मिलियन युआन (५६०,००० डलर) क्षतीपूर्ति स्वरुप प्रेमीकी श्रीमतीलाई दिन भनिएको हो । हालै चीनकी एक महिलाले आफ्ना श्रीमानकी प्रेमिकालाई सम्बन्ध रहँदाका बेला दिएका सबै भौतिक सम्पत्ति फिर्ता गरिदिन भन्दै मुद्दा हालेकी छिन् ।

    अदालतले महिलाको पक्षमा फैसला सुनाउँदै प्रेमिकालाई श्रीमतीलाई ३.७९ मिलियन युआन तिर्न आदेश दिएको छ । अडिटी सेन्ट्रलका अनुसार उत्तरपूर्वी चीनको लिओनिङस्थित भुआङहेको जन अदालतले जारी गरेको कागजात अनुसार वादी, ली उपनामकी महिला र उनका श्रीमान् वाङ सन् १९९१ देखि वैवाहिक सम्बन्धमा थिए । सन् २००८ मा वाङले अर्की महिलासँग विवाहेत्तर सम्बन्ध सुरु गरे ।



    ती महिलाको पहिचान लुकाइएको छ र उनलाई जियाओजिया आई नाम दिइएको छ । केही वर्ष अघि लीले आफ्ना श्रीमानको बाहिरको सम्बन्धबारे थाहा पाएपछि उनले ती महिलालाई नियमित रुपमा पैसा पठाउँदै आएको थाहा पाइन् । जियाओजियाले वाङ विवाहित भएको थाहा नभएको र वर्षौँदेखि वाङबाट प्राप्त रकम बाल समर्थनमा गएको तर्क पेश गरिन् ।



    तर अदालतले उक्त मुद्दा सम्पत्तिको स्वामित्वको बारेमा भएको बताउँदै श्रीमतीको समर्थन गर्यो । चिनियाँ कानुनले विवाहित जोडीमध्ये कुनै एक पक्षले अर्काको सहमतिबिना साझा सम्पत्ति खर्च गर्न नपाउने बताउँछ । लीले वाङको उपहारका लागि आफ्नो स्वीकृति नदिएको बताउँदै जियाओजियाले कूल ३.७९ मिलियन युआन प्रेमीकी श्रीमतीलाई फिर्ता गर्नुपर्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार