Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो : मन्त्री चौधरी

    नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो : मन्त्री चौधरी

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् ।

    बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे ३ दिने गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा ध्यान दिने र कर्मचारी पनि त्यही क्रियाकलापमा संलग्न हुने गरेको मन्त्री चौधरीले बताए । उनले भने, “नेता, मन्त्री र सरकारी कर्मचारी नै अकुत सम्पत्ति आर्जन गरेर पैसा कहाँ लुकाउने भन्ने चिन्ता गर्न थालेपछि देश बिग्रियो । यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्छ ।”



    सबैको सकारात्मक प्रतिबद्धताले मात्र देश निर्माण हुन सक्ने बताएका मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा मन्त्रालयले कार्य प्रगति र कार्यक्रम कार्यान्वयनमा थप फड्को मार्ने विश्वास व्यक्त गरे ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार