Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घट्दैन : आयल निगम

    पेट्रोलियम पदार्थमा अझै घाटा छ, मूल्य घट्दैन : आयल निगम

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ ।निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ ।

    ‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन (आईओसी)लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार