Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, एकैदिन ५४ जना संक्रमित थपिए

    सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै, एकैदिन ५४ जना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बुधबार, १८ साउन २०७९
  • 960
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एकैदिन ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    गएको २४ घण्टामा पाँच सय ४६ जनाको परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



    सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ३०, कैलालीका २१ र बैतडीका तीन जना रहेका छन् । तीमध्ये भारतबाट फर्किएका १५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    गड्डाचौकी नाकाबाट फर्किएका सात, गौरीफन्टाबाट छ र झुलाघाट नाकाबाट फर्किएका दुई जनामा सङ्क्रमण निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

    यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार