Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • छोटो र विवादास्पद ताइवान भ्रमण सकेर फर्किइन अमेरिकी सभामुख पेलोसी

    छोटो र विवादास्पद ताइवान भ्रमण सकेर फर्किइन अमेरिकी सभामुख पेलोसी

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 777
    SHARES

    एजेन्सी । छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किएकी छिन् ।

    २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् ।



    यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ । चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ ।



    आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुने बीबीसीले जनाएको छ । पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

    ताइवानका राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा उनले वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको समेत बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार