Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • सहिद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता !

    सहिद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता !

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङको ताराखोलाका सहिद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्। गाउँपालिकाले द्वन्द्वको क्रममा भएका सहिद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गता भएकालाई मासिक भत्ता दिने भएको हो।

    पालिकाले गाउँसभाबाटै नीति तथा बजेटमा सो कुरा समावेश गरेको छ। कार्यपालिका बैठकबाट भत्ता वितरणको नीति बनाएर पारित गरेकाले आगामी महिनादेखि सहिद तथा बेपत्ताका परिवारलाई मासिक भत्ता दिन थाल्ने गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले जानकारी दिए।



    सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षबाट २१ जना मारिएका थिए र दुई बेपत्ता भएका थिए। यस्तै, विद्रोही नेकपा माओवादी पक्षबाट चार जना मारिएका थिए। उनीहरुका परिवारलाई मासिक एक हजार पाँच सय रूपैयाँका दरले भत्ता दिने निर्णय गरिएको विकले बताए।

    घाइते तथा अपाङ्गताको हकमा परिचयपत्रको आधारमा जिल्ला प्रशासन र वडा कार्यालयले प्रमाणित गरेपछि पाँच सयदेखि एक हजार भत्ता दिने निर्णय गरिएको छ।

    गाउँपालिकामा ११ जना द्वन्द्वको क्रममा गम्भीर घाइते भएका थिए। पालिकाले विद्रोही तथा राज्य पक्षबाट भौतिक संरचना गुमाएका परिवारलाई रोजगारी दिने गरी नीति बनाएको छ। पालिकाले दिने हरेक रोजगारीमा यो सूचक राखिने गाउँपालिकाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार