Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • विप्लव नेतृत्वका नेता केसी धान खेतमा मृत फेला

    विप्लव नेतृत्वका नेता केसी धान खेतमा मृत फेला

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1K
    SHARES

    सल्यान । नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लोकमान केसी मृत फेला परेका छन् ।

    पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज तथा जिल्ला नेता केसी बिहीबार बिहान धान खेतमा मृत फेला परेका हुन् ।



    छत्रेस्वरी गाउँपालिका–४ भिम्पे ठूलीखर्क घर भएका उनी बाग्चौर नगरपालिका–१० मोख्ला नजिकै उनी धान खेतमा घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।



    स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर घटनाको अध्ययन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    मोख्लाबाट स्यानीखालतिर जाने क्रममा भीरबाट लडेको हुन सक्ने प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार