Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चुनावमा सुरक्षा दिन सक्षम छौं : प्रहरी प्रवक्ता राई

    चुनावमा सुरक्षा दिन सक्षम छौं : प्रहरी प्रवक्ता राई

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेसँगै नेपाल प्रहरीले सुरक्षा तयारी थालेको छ ।

    केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, २०८९ विशेष सुरक्षा कार्ययोजना बनाउन थालिएको छ ।



    प्रहरीले यसअघि दुई चरणमा निर्वाचन भए शान्ति सुरक्षा र निर्वाचनको सुरक्षा व्यवस्थापन सहज हुने बताउँदै आएको थियो ।



    तर सरकारले एकैचरणमा चुनाव गर्ने निर्णय गरेपछि प्रवक्ता राईले भने, ‘विगतमा एकैचरणमा भएको स्थानीय तह निर्वाचन पनि शान्तिपूर्ण, भयरहीत र निष्पक्ष तवरमा प्रहरीले सम्पन्न गराएको हो, यसपालि पनि सुरक्षामा कुनै त्रुटि रहँदैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार