Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • चिनियाँ नागरिक अपहरणमा संलग्न दुई जना प्रहरी र न्यायाधीशका पीएसओ सार्वजनिक

    चिनियाँ नागरिक अपहरणमा संलग्न दुई जना प्रहरी र न्यायाधीशका पीएसओ सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । राजधानीमा चिनियाँ नागरिकको अपहरणमा दुई जना प्रहरी र  एक न्यायाधीशका पीएसओको समेत संलग्नता रहेको खुलासा भएको छ । पाटन उच्च अदालतका ती न्यायाधीशका पीएसओ रहेका प्रहरी हवल्दार चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको खुलासा भएको हो ।

    अपहरणमा संलग्न प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र अर्का एक प्रहरी जवानसहित ६ जना पक्राउ परेका हुन् । प्रहरी जवान शिव सुनार प्रहरी वृत्त बालाजुमा कार्यरत रहेको खुलेको छ ।



    पक्राउ परेका बाँकी चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर र २७ वर्षीय बिनोद केसी रहेका छन्।



    उनीहरुले बुधबार राति चिनियाँ नागरिकलाई दरबारमार्ग क्षेत्रबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेका थिए।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गएराति चिनियाँलाई गोंगबुको एक होटलबाट उद्दार गरेपछि यसबारे खुलासा भएको हो ।

    उनीहरुले चिनियाँ नागरिकलाई फ्ल्याटबाट ८ लाख नगद र २७ वटा मोवाइल लुटेर आरोपीहरुले गोंगबुमा लगेर बन्धक बनाएका थिए । उनीहरुले एक करोड फिरौती मागेको र ५० लाखमा अपहरण मुक्त गर्ने सहमति गरेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार