Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • एआईजी विश्वराज पोखरेल आजबाट अनिवार्य अवकाशमा

    एआईजी विश्वराज पोखरेल आजबाट अनिवार्य अवकाशमा

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेल अनिवार्य अवकाशमा गएका छन् । एआईजीको ५६ वर्षे उमेर हदका कारण उनी बिहीबार रातिदेखि अनिवार्य अवकाश हुने भएका हुन् ।

    तर अनिवार्य अवकाशमा जानु चार महिना पहिले देखि नै कार्यालयमा हाजिर भएका छैनन्। सरकारले गत वैशाख १८ गते आईजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि पोखरेल कार्यालयमा अनुपस्थित भएका हुन् ।



    वैशाख १९ गते सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहे पनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो ।



    पोखरेलले सिंहको आइजीपी बढुवा भएपछि बिदा लिएका थिए । ३५ दिनको बिदापछि फेरि बिदा लिन खोज्दा अस्वीकृत भयो । उनी कार्यालय गएनन् । अदालतको फैसलापछि राजीनामा दिन गएपनि स्वीकृत भएन । एआइजीका रुपमा उनको उमेरहदले पदावधि सकिएको छ ।

    सेवा अवधिका हिसाबले आगामी चैतसम्म समय भएपनि आफ्नै उमेर हदका कारण पोखरेल छिटो अवकाश भएका हुन् । उनी २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । प्रहरी मुख्यालयमा उनका लागि कुनै बिदाई कार्यक्रम समेत नराखिएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार