Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रुसले भन्यो – ताइवान वरिपरि सैन्य अभ्यास गर्ने अधिकार चीनसँग छ

    रुसले भन्यो – ताइवान वरिपरि सैन्य अभ्यास गर्ने अधिकार चीनसँग छ

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसले चीनसँग ताइवान वरिपरि ठूलो सैन्य अभ्यास गर्ने सार्वभौम अधिकार भएको बताएको छ ।

    अमेरिकाले यस क्षेत्रमा कृत्रिम रूपमा तनाव बढाएको रुसले आरोप लगाएको छ ।



    बेइजिङले आफ्नो सार्वभौम क्षेत्र मान्ने स्वशासित टापुमा अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको भ्रमणको एक दिनपछि चीनले बिहीबार ताइवान वरिपरि धेरै मिसाइलहरू प्रहार गरेको थियो।



    चीनको अभ्यासको बारेमा पत्रकारहरूको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘यो चीनको सार्वभौम अधिकार हो ।’

    ‘न्यान्सी पेलोसीको भ्रमणले यस क्षेत्र र ताइवान वरपरको तनावलाई उक्साएको थियो,’ पेस्कोभले भने, ‘यो एक बिल्कुल अनावश्यक भ्रमण र एक अनावश्यक उत्तेजना थियो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार