Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यी हुन् बिहान उठ्ने बित्तिकै लसून खानुका फाइदा !

    यी हुन् बिहान उठ्ने बित्तिकै लसून खानुका फाइदा !

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । पुरुषले दिनदिनै बिहान खाली पेट लसूनको एक पोटी खाँदा विभिन्न रोगको उपचारमा सहायता पुग्छ ।

    लसूनमा एलिसिन जस्ता पोषक तत्त्वहरू हुन्छन् । यिनले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरूबाट बचाउँछन् ।



    भारतको राजस्थान आयुर्वेदिक विश्वविद्यालयका सहायक प्राध्यापक डा अरुण दधीचका अनुसार पुरुषहरूका लागि लसून सेवनका सात फाइदा यी हुन् :



    -लसूनमा भएको सेलेनियमले निःसन्तान समस्यालाई हटाउँछ ।

    -यसमा भएको एन्टीब्याक्टेरियल तत्त्वका कारण सास गनाउने समस्या भाग्छ । अनि महिलाहरू पुरुषप्रति आकर्षित हुन्छन् ।

    -लसूनमा भएको प्रोटीनले शरीरको मांसपेशी दह्रो हुन्छ ।

    -यसमा भएको कार्बोहाइड्रेट्सले कमजोरी हटाउँछ र स्फुर्ति दिन्छ ।

    -यसमा भएको क्याल्सियमले हाड बलियो बनाउँछ ।

    -यसमा भएको एलिसिनले बोसो डढाउने प्रक्रियालाई तीव्र बनाउँछ । यसो हुँदा तौल नियन्त्रणमा रहन्छ ।

    -यसमा भएको फाइबरले कब्जियत लगायतका समस्याहरू दूर हुन्छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार