Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अमेरिकी बास्केटबल खेलाडी ग्रिनरलाई रूसी अदालतले सुनायो ९ वर्षको जेल सजाय

    अमेरिकी बास्केटबल खेलाडी ग्रिनरलाई रूसी अदालतले सुनायो ९ वर्षको जेल सजाय

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 840
    SHARES

    एजेन्सी । रुसमा अमेरिकी बास्केटबल खेलाडी ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाइएको छ । रुसको एक अदालतले उनलाई तस्करी र लागूऔषध राखेको अभियोगमा दोषी ठहर गरेको थियो ।

    उनलाई साढे नौ वर्ष कैद सजाय माग गरिको थियो । दोहोरो ओलम्पिक विजेता ३१ वर्षीय ग्रिनरले गाँजाको तेल राखेको स्वीकार गर्दै आफूले इमानदार गल्ती गरेको बताएकी थिइन् ।



    विश्वकै उत्कृष्ट महिला खेलाडीमध्ये एक मानिने ग्रिनरलाई गएको फेब्रुअरीमा मस्को नजिकैको विमानस्थलमा गाँजाको तेल भएको भेप कार्टेज भेटिएपछि पक्राउ गरिएको थियो । उनी अमेरिकाको अफ सिजनमा क्लब बास्केटबल खेल्न रुस पुगेकी थिइन् ।



    लगत्तै रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । उनको मुद्दा अमेरिका र रुसबीचको उच्चस्तरीय कूटनीतिको विषय समेत बनेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार