Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

    ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 756
    SHARES

    एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन

    सक्ने सम्भावनालाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेट म्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ ।



    सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको रिपोर्टमा उल्लेख गरिएको छ।



    अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार