Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • यु-२० साफको उपाधिका लागि भारत र बंगलादेश भिड्दै

    यु-२० साफको उपाधिका लागि भारत र बंगलादेश भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.5K
    SHARES

    एजेन्सी । यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज प्रतिस्पर्धा हुँदैछ ।

    भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ । पाँच राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थान दुईमा रहँदै बंगलादेश र भारतले फाइनल स्थान पक्का गरेका हुन् ।



    घरेलु टोली भारत समूह चरणमा भोगेको हारको बदला लिन चाहन्छ । यता, बंगलादेश प्रतियोगितामा अपराजित यात्रा काम गर्दै उपाधि जित्ने दाउमा छ ।



    भारत प्रतियोगिताको साविक विजेता समेत हो । नेपालमा सन् २०१९ मा आयोजना भएको यु(१८ साफमा भारतले बंगलादेशलाई नै २–१ ले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार