Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बालुवाटारबाट १२ जना जुवाडे पक्राउ, ४ लाख बरामद

    बालुवाटारबाट १२ जना जुवाडे पक्राउ, ४ लाख बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारको जुवा खालमा प्रहरीले छापा मारेको छ ।

    रुपचन्द्र श्रेष्ठले संचालन गरेको जुवा खालबाट १२ जना जुवाडेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    जुवा खालबाट पक्राउ पर्नेमा संचालक रुपचन्द्र श्रेष्ठ, उत्तम गुरुङ, दिनेशकुमार लिम्बु र एकजना महिला सहित १२ जना छन् ।



    चाइनिज एम्बेसी नजिकै रहेको जुवा खालबाट प्रहरीले ४ लाख २७ हजार नगद बरामद गरेको छ । घटनाबारे प्रहरी वृत मालीगाउँले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार