Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार ७६० पुगे

    पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार ७६० पुगे

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 969
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो ।

    जसमध्‍ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।



    योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् ।



    मन्त्रालयका अनुसार ५ हजार ५८७ जना होम आइसोलेसनमा रहेका छन् भने १७३ जना संस्थागत आइसोलेसन र ४२ जना आईसीयूमा छन् ।

    यस्तै २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३३ हजार ५२५ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार