Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माधव नेपाल भन्छन् – राजनीति गर्न सजिलो छैन, धेरै चुनौतीको सामना गर्नुपर्छ

    माधव नेपाल भन्छन् – राजनीति गर्न सजिलो छैन, धेरै चुनौतीको सामना गर्नुपर्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 990
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युष्निट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक यात्रा सजिलो नभएको बताएका छन् ।

    शुक्रबार ललितपुरमा स्नेहलता जीवन कथाका पानाहरु जीवन संस्करण पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले पुराना महिला योद्धाहरुलाई राजनीति गर्न धेरै गाह्रो भएको स्मरण गर्दै अहिले पनि राजनीति गर्ने काम सजिलो नभएको बताए । अध्यक्ष नेपालले अझैपनि राजनीति सजिलो रुपमा गर्न सम्भव नभएको बताए ।



    उनले राजनीतिमा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । अध्यक्ष नेपालले जनताको सेवा गर्ने, समाज परिर्वतन गर्ने र देशको गरिमालाई माथि उठाउने पुराना योद्धाहरुको आचारण अनुरुपमा राजनीतिक उदेश्य राख्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार