Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • चीनलाई चेतावनी दिँदै ताइवानले भन्यो – राष्ट्रिय सुरक्षाका लागि कडा सैन्य कारबाही गरिन्छ

    चीनलाई चेतावनी दिँदै ताइवानले भन्यो – राष्ट्रिय सुरक्षाका लागि कडा सैन्य कारबाही गरिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 936
    SHARES

    एजेन्सी । ताइवानले चीनको सैन्य अभ्यासको आलोचना गर्दै राष्ट्रिय सुरक्षाको लागि सेनाले कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    त्यहाँको रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा चीनको जहाज र विमानले ताइवानको जल र वायु सीमा उल्लंघन गरेको भन्दै राष्ट्रिय सुरक्षाको लागि सैन्य कारबाही गर्ने चेतावनी दिएको हो ।



    चीनको विमानले ६८ पटक वायु सीमा उल्लंघन गरेको ताइवानी मन्त्रालयले जनाएको छ । चीनको सैन्य अभ्यासले ताइवानको शान्ति र यथास्थितिलाई गम्भीर रूपले नोक्सान पुर्याएको मन्त्रायलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।



    अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चिडिएको चीनले ताइवान आसपास सैन्य अभ्यास सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार