Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेपालमा हैजा संक्रमितको संख्या ३८ पुग्यो

    नेपालमा हैजा संक्रमितको संख्या ३८ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपालमा हैजा संक्रमितको संख्या ३८ पुगेको छ । गत असार ५ गतेदेखि फैलिएको हैजा संक्रमण साउन २० गतेसम्म आइपुग्दा ३८ जना संक्रमित पुगेका हुन् ।

    काठमाडौं महनगरपालिका वडा नम्बर १९ ढल्कुमा बिहीबार थप एकजनामा पुष्टि भएसँगै हैजा संक्रमितको संख्या ३८ पुगेको हो । उपत्यकाका ११ पालिकासहित नुवाकोटको ककनीमासमेत हैजा संक्रमित देखिएका छन् । योसँगै यो वर्ष हैजा संक्रमितको संख्या ३८ पुगेको छ ।



    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै १५ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।



    हालसम्म परीक्षण गरिएकामा धारा, ट्युवबेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जिवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार