Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पत्रकारिता पेसाको मर्यादा बढाउन काउन्सिलले आचारसंहिता कक्षा बढाउनुपर्ने सुझाव

    पत्रकारिता पेसाको मर्यादा बढाउन काउन्सिलले आचारसंहिता कक्षा बढाउनुपर्ने सुझाव

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । पत्रकारिता पेसाको मर्यादा बढाउन प्रेस काउन्सिलले आचारसंहिता कक्षा बढाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

    काउन्सिलले नयाँ अनलाइनका सञ्चालक/सम्पादकहरूका लागि आयोजना गरेको अभिमुखीकरण कक्षामा बोल्दै विज्ञहरूले यस्तो सुझाव दिएका हु्न् ।



    काउन्सिलले अहिले देखाएको सक्रियताको स्वागत गर्दै यसलाई गति दिनुपर्ने वरिष्ठ पत्रकार एवं बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले बताए ।



    ‘पत्रकार आफ्नै कारणले पत्रकारिता पेसाप्रति इज्जत र सम्मान घटाएको छ, प्रधानले भने, त्यसैले यसलाई रोक्न र स्वस्थ पत्रकारिता गर्न पत्रकार स्वयम् सचेत हुनुपर्छ ।’

    उनले आचारसंहिताको पूर्ण पालनाबाट नै मिडियाप्रति हेर्ने दृष्टिकोण राम्रो हुने बताए । ‘त्यसका लागि काउन्सिलजस्तो नियामक निकायले आचारसंहितासहित पत्रकारिताका विविध विषयमा व्यापक कक्षा लिनुपर्छ । अनुगमन लाई तीव्र बनाउनुपर्छ,’ प्रधानले भने ।

    कार्यक्रममा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले फरक–फरक अध्ययन र पृष्ठभूमिबाट मिडिया क्षेत्रमा लाग्नेलाई सहयोग पुग्ने भएकाले गत चैतदेखि यस्तो अभियान सुरू गरेको जानकारी दिए ।

    नयाँ अनलाइनकर्मी र आचारसंहिता उल्लङ्घन गरी कारबाहीमा पर्ने दुवैथरीले यस्तो कक्षा अनिवार्य लिनुपर्ने उनको भनाई छ । अभिमुखीकरण कक्षामा काउन्सिलका वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँले काउन्सिलले जारी गरेको निर्देशिकाबारे कक्षा लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार