Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भारतले जित्यो साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि

    भारतले जित्यो साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि

    अनलाइन नेपाल
  • शुक्रबार, २० साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो ।

    शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो ।



    भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।



    जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदला लिएको छ। बंगलादेशले लिग चरणमा भारतलाई २-१ ले पराजित गरेको थियो । त्यसयता भारतले लगातार तीन जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार