Online Nepal
  • बिहिबार, २ भाद्र २०७९
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 153
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गरेका छन् । पाँच दिने भ्रमणका लागि प्रचण्ड गएराति नेपाल एअरलाइन्सको विमानबाट जापान गएका हुन् ।

    प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् ।



    नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने छन् ।

    भोलि हिरोसिमाको भ्रमण गर्ने कार्य तालिका छन । अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ । प्रचण्ड साउन २५ गते स्वदेश फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार