Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • जापान पुगे प्रचण्ड, नेपाली राजदूत सुबेदीले गरे स्वागत

    जापान पुगे प्रचण्ड, नेपाली राजदूत सुबेदीले गरे स्वागत

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । अध्यक्ष प्रचण्ड भर्खरै टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुबेदीले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका हुन् । पाँच दिने भ्रमणका लागि प्रचण्ड गएराति नेपाल एअरलाइन्सको विमानबाट जापान गएका थिए । प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् ।



    नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान गएका प्रचण्डले त्यहाँ विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डले आज जापानको फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने छन् ।



    भोलि हिरोसिमाको भ्रमण गर्ने कार्य तालिका छन । अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ । प्रचण्ड साउन २५ गते स्वदेश फर्कने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार