Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • परराष्ट्रमन्त्री खड्का मंगलबार चीन भ्रमणमा जाँदै, भ्रमण तालिका सार्वजनिक

    परराष्ट्रमन्त्री खड्का मंगलबार चीन भ्रमणमा जाँदै, भ्रमण तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का साउन २४ गते चीन भ्रमणमा जाने भएका छन् । शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन् यिङले अगस्ट ८ देखि १० तारिखसम्म नेपालका परराष्ट्रमन्त्री खड्काले चीनको भ्रमण गर्न लागेको पुष्टि गरेकी हुन् ।

    चिनियाँ समकक्षीको निमन्त्रणमा खड्का तीन दिन चीन भ्रमण जाने र त्यहाँ उच्च राजनीतिक भेटघाट गर्नेछन् । चीन र नेपालका परराष्ट्रमन्त्रीबीच साउन २५ गते दुई देशको सम्बन्धका विषयमा भेटवार्ता हुनेछ ।



    पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको बताउँदै नेपाली परराष्ट्रमन्त्री खड्काको यो भ्रमण चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको गत मार्चमा भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताइन् ।



    चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाल र दक्षिण कोरियाली विदेशमन्त्रीलाई एकैसाथ शानतोङ प्रान्तको छिङ्ताओमा स्वागत गर्ने कार्यक्रम छ। विश्वचर्चित छिङ्ताओ बियर महोत्सवको ३२औं संस्करण समापन भएको भोलिपल्ट सो स्थलमा यो भेटघाट तय भएको छ।

    त्यसअघि अगस्ट ६ देखि ८ तारिखसम्म चिनियाँ विदेशमन्त्री वाङ यीले बांग्लादेश र मंगोलियाको भ्रमण गर्ने र त्यो भ्रमण सकिएपछि छिङ्ताओमा नेपाली तथा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गर्ने कार्यक्रम रहेको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    मंगोलिया र बंगलादेश भ्रमणका क्रममा वाङ यीले आपसी सम्बन्ध र साझा सरोकारका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने जनाइएको छ । त्यसैगरी नेपाली परराष्ट्रमन्त्री खड्काको यो पहिलो चीन भ्रमण हुनेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार