Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठ

    माओवादी केन्द्रको कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई दिइएको छ ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राती पाँच दिने भ्रमणका लागि जापान प्रस्थान गरेपछि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।



    पार्टी प्रवक्ता कृष्ण बहादुर महराले एक विज्ञप्ति जारी गर्दै साउन २० देखि २४ गतेसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी गराएका छन् ।



    नेपाली जन प्रगतिशील मन्च जापानको निमन्त्रणामा सचिवालयका ३ सदस्यसहित प्रचण्ड शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानमा जापान गएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार