Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सत्ता गठबन्धन : सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता

    सत्ता गठबन्धन : सिट बाँडफाँडको आधार प्राप्त मत र लोकप्रियता

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 849
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ ।

    सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका शीर्ष नेताहरुको बैठकले मिलेरै अघि बढ्ने निर्णय गरेका हुन् ।



    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले आंशिक रूपमा मात्र चुनावी तालमेल गरेका थिए । तर आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबै सिटमा चुनावी तालमेल गर्दै अघि बढ्ने निर्णयमा पुगेका उनीहरुले त्यसका लागि ११ सदस्यीय कार्यदल गठन गरेका छन् ।



    स्थानीय तहमा पाएको मत, नेताहरुको लोकप्रियतासहित विभिन्न पक्षलाई ख्याल गर्दै कार्यदलले साउन मसान्तभित्र चुनावी तालमेलको प्रस्ताव गर्ने र गठबन्धनका शीर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सिट बाँडफाँटको टुंगो लगाउने समझदारी बनेको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार