Online Nepal
  • बिहिबार, २ भाद्र २०७९
  • इजरायली विद्रोहीको आक्रमण : प्यालेस्टाइनी लडाकुका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु

    इजरायली विद्रोहीको आक्रमण : प्यालेस्टाइनी लडाकुका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 171
    SHARES

    फाइल तस्विर

    एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजापट्टीमा प्यालेस्टाइनी लडाकु समूहका शीर्ष कमाण्डरसहित १० जनाको मृत्यु भएको छ ।

    स्थानीय स्वास्थ्य अधिकारीहरुलाई उदृत गर्दै मृतक मध्ये एक युवतीसहित दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।



    इजरायलका प्रधानमन्त्रीले प्यालेस्टानी इस्लामिक जिहाद (पीआईजे) द्वारा यस हप्ताको सुरुमा आफ्ना एक सदस्यलाई पक्राउ गरेसँगै यो कारबाही तत्कालका लागि खतरा भएको बताए ।

    पीआईजेले प्रारम्भिक प्रक्रिक्रियामा इजरायलमा १ सय भन्दा बढी रकेटहरु प्रहार गरेको थियो । इजरायली सेनाका प्रवक्ताले भने सोही आक्रमणमा १५ जना लडाकुको मृत्यु भएको दावी गरेका छन् ।

    पीआईजेका महासचिव जियाद अल नखालाले यो आक्रमको जवाफ चाँडै नै दिने चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया
    नयाँ अपडेट
    अन्य समाचार