Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • हत्या अभियोगमा साउदी जेलमा रहेका ५ नेपाली जेलमुक्त

    हत्या अभियोगमा साउदी जेलमा रहेका ५ नेपाली जेलमुक्त

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । हत्या अभियोगमा साउदीको दमामस्थित जेलमा रहेका पाँच नेपाली मजदुर निर्दोष सावित भएका छन् ।

    त्यहाँको अदालतले निर्दोष सावित गरेलगत्तै उनीहरु जेलमुक्त भएका हुन् ।



    सामाजिक अभियन्ता सरोज रायका अनुसार जेल मुक्त हुनेहरुमा भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका राम प्रसाद ठाकुर, सिरहाका बासुेदव ठाकुर, महोत्तरीका इन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रहेका छन् ।



    एक भारतीयको हत्या गरेको आरोपमा उनीहरु ४ वर्षदेखि जेलमा थिए । उनीहरुलाई जेलमुक्त गराउन अभियन्ता राय पहल गरेका थिए । रिहा भएपनि उनीहरुले केहि समयपछि मात्र नेपाल फर्किन अभियन्ता रायले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार