Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण,कम्तीमा १० जनाको मृत्यु

    इजरायलद्वारा गाजा क्षेत्रमा हवाई आक्रमण,कम्तीमा १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 810
    SHARES

    काठमाडौं । इजरायलले घेराबन्दीमा रहेको गाजा पट्टीमा शुक्रबार इजरायली युद्धविमानले आक्रमण गर्दा इस्लामिक जिहाद समूहका कमाण्डर र एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

    इस्लामिक जिहादको सैन्य शाखा अल–कुद्स ब्रिगेडका कमाण्डर तैसिर अल–जबारी गाजा शहरको मध्यभागमा रहेको प्यालेस्टाइन टावरको एउटा अपार्टमेन्टमा मारिएका थिए ।



    सो टावरमा इजरायली युद्धविमानले आक्रमण गरेको समूहले जनाएको छ ।



    गाजाको स्वास्थ्य मन्त्रालयले अल–जबारी र पाँच वर्षीया एक बालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको जनाएको छ ।

    आक्रमणमा कम्तीमा ५५ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको मन्त्रालयले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार