Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • राष्ट्रिय सहकारी बैंकद्धारा कोप कार्डको सेवा सुरु

    राष्ट्रिय सहकारी बैंकद्धारा कोप कार्डको सेवा सुरु

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकले सहकारीको कारोबारका लागि कोप कार्ड (एटीएम) सञ्चालनमा ल्याएको छ ।

    एससीटीले विगत २० वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम कार्ड सेवा उपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचानसहितको कोप कार्डको सेवा सुरु भएको हो ।



    राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कोप कार्डको उद्घाटन गरेकी हुन् । ग्लोबल आइएमई बैंकको सहकार्यमा सहकारी बैंकले कोप कार्ड सञ्चालनमा ल्याएको हो ।



    नेपाल राष्ट्र बैकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजीले सहकारीमा कार्ड उपलब्ध गराएको हो । यसले भुक्तानी प्रणाली र विद्युतीय कारोबारमा एटीएम कार्ड, स्मार्ट क्युआर र मोबाइल बैंकिङ प्रणालीमार्फत सेवा दिँदै आएको छ।

    स्मार्टच्वाइस टेक्नोलोजीले सयभन्दा बढी सहकारीहरूलाई कार्ड सेवा दिइसकेको जनाएको छ। प्रभावकारी सेवा दिन बैंकसँग साझेदारी गरेको हो। यो कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित छ। नेपाल तथा भारतका एटीएम ओपीएस जुनसुकै स्थानबाट सहजै चलाउन सकिन्छ । सदस्यलाई कोप कार्ड वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यले खाताबाट निकाल्न सक्छन्।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार