Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा

    गैरआवासीय नेपाली संघको समाचार संयोजकमा चिरन शर्मा

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 1.8K
    SHARES

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समाचार संयोजकमा चिरन शर्मा मनोनित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्वअध्यक्ष समेत रहेका शर्मालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्य दल) समितिले सो जिम्मेवारी दिएको हो ।

    संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समितिलाई आइतबार विस्तार गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशनसम्बन्धी नीतिगत विषयमा सुझाव दिने मुख्य कार्य हुनेछ ।



    प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा चार जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।  समितिमा एक दर्जन पत्रकारलाई समाचारविज्ञको रुपमा समेटिएको छ ।



    गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभागअन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिसमा उपमहासचिवद्धय रामशरण सिम्खडा र  नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरन्जिवी खड्काले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार