Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ‘लकडाउन’का कारण चीनको सान्यामा अड्किए ८० हजार पर्यटक

    ‘लकडाउन’का कारण चीनको सान्यामा अड्किए ८० हजार पर्यटक

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 951
    SHARES

    एजेन्सी । कोरोना भाइरसको प्रकोपका कारण चीनको हाइनान टापुमा हजारौं पर्यटक अलपत्र परेका छन् । चीनको आधिकारिक मिडिया रिपोर्टमा यो जानकारी दिइएको हो ।

    डीपीए समाचार एजेन्सीले आइतवार सरकारी मिडियालाई उद्धृत गर्दै हाइनान टापुमा कोभिड-१९ संक्रमणका धेरै संक्रमित भएपछि सान्या शहरमा उडान र रेल सेवा बन्द गरिएको थियो। यो ठाउँलाई सामान्यतया ‘चीनको हवाई’ भनिन्छ। पइचिङले संक्रमित भेटिएपछि लकडाउन लागू गरेको छ।



    सान्याका उपमेयरका अनुसार हाल शहरमा ८० हजारभन्दा बढी पर्यटक थुनिएका छन्। सरकारी टेलिभिजनका अनुसार शनिबार शहरका सबै सार्वजनिक यातायात बन्द गरिएको थियो भने आइतबार सान्या एयरपोर्टका सबै उडानहरू रद्द गरिएको थियो। सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा यात्रुले ‘हामी घर जान चाहन्छौँ’ भन्दै गरेको देखिन्छ।



    यसै क्रममा विमानस्थलका अधिकारीहरूले उनीहरूलाई होटल फर्किन आग्रह गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार