Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ताइवानले भन्यो – चीनको सैन्य अभ्यासमा सतर्क छौं

    ताइवानले भन्यो – चीनको सैन्य अभ्यासमा सतर्क छौं

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । ताइवानले चिनियाँ सैन्य अभ्यासमा कडा निगरानी बढाएको छ ।

    अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले समग्र ताइवानलाई घेरेर उसको निकट क्षेत्रमा ठूलो सैन्य अभ्यास गरिरहेको छ ।



    ताइवानको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आइतबार साँझको सात बजेसम्म आफ्नो नजिकको क्षेत्रमा चिनियाँ जलसेनाकन चार जहाज र ६६ लडाकु विमान देखिएको बताएको छ ।



    कुनै पनि परिस्थितिको सामना गर्नको लागि आफ्नो जलसेनाको जहाज, लडाकु विमान र जमिनबाट चल्ने मिसाइल प्रणाली तयार पारेर राखिएको ताइवानले जनाएको छ ।

    चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ। यस्तो अवस्थामा अमेरिकी अधिकारीले ताइवान भ्रमण गर्नु आफ्नो सम्प्रभुतामाथिको प्रहार भएको चीनको ठहर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार