Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बार्सिलोनाले जित्यो जोन ग्याम्परको उपाधि

    बार्सिलोनाले जित्यो जोन ग्याम्परको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 843
    SHARES

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले जोन गाम्परको उपाधि जितेको छ ।

    मेक्सिकन क्लब पुमास यूएनएएमलाई आधा दर्जन गोल अन्तरले हराउँदै बार्सिलोनाले जोन गाम्परको उपाधि हात पारेको हो ।



    आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६-० को जित निकालेको हो ।



    बार्सिलोनालाई जितउन पेड्रीले दुई गोल गरे। यस्तै, रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।

    बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार