Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

    इजरायल र प्यालेस्टाइनबीच संघर्ष बिरामको घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 810
    SHARES

    एजेन्सी । तीन दिनसम्मको भीषण संघर्षपछि इजरायल र प्यालेस्टाइनबीच संघर्ष विरामको घोषणा गरिएको छ ।

    इजिप्टको पहलमा संघर्ष बिरामको घोषणा गरिएको हो । यसअघि सन् २०२१ को मे महिनामा इजरायल र गाजाबीच ११ दिनसम्म संघर्ष भएको थियो ।



    ३ दिनसम्मको संघर्षमा ४३ जना मानिसको मृत्यु भइसकेको छ । जसमा १५ बालबालिका रहेका छन् । सोही घटनामा ३ सय प्यालेस्टाइनी घाइते भएका छन् ।



    इजरायलको कब्जामा रहेको वेष्ट बैंकमा गाजापट्टीको आतंकवादी समूह (पीआईजे) का वरिष्ठ सदस्यको गिरफ्तारी भएपछि गाजापट्टीले इजरायलमा आक्रमण गर्न सुरू गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार