Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • तयारी पूरा नभएको भन्दै लोसपा कार्यकारिणी समिति बैठक स्थगित

    तयारी पूरा नभएको भन्दै लोसपा कार्यकारिणी समिति बैठक स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 603
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

    चुनावी गठबन्धनका लागि दलहरुसँग अझै केही छलफल गर्ने, एउटा निष्कर्षमा पुगेपछि बैठकमा त्यसलाई एजेण्डाको रुपमा राख्ने योजना अनुसार आजको बैठक स्थगित भएको हो ।



    चुनावी गठबन्धन, संगठन विस्तारलगायतका विषयमा छलफलका लागि बोलाइएको बैठकमा प्रस्तुत हुने एजेण्डाको तयारी पूरा नभएको कारण आज बस्ने भनिएको बैठक स्थगित भएको लोसपाले जनाएको छ ।



    लोसपाले चुनावी गठबन्धनका लागि काँग्रेस, एमाले, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीलगायतसँग छलफल गरिरहेको छ ।

    तर कुन दलसँग गठबन्धन गर्ने भन्नेबारे अहिलेसम्म टुङ्गो लागेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार