Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ठाकुर नेतृत्वको लोसपा र थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

    ठाकुर नेतृत्वको लोसपा र थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टीबीच एकता घोषणा

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 777
    SHARES

    काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र प्रेमदीप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ ।

    ती दुई पार्टीबीच आज एक कार्यक्रमका बीच एकता घोषणा भएको हो । राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्वीकार गरेको छ ।



    लिम्बुवान आन्दोलन, सरकारसँग गरेको पाँच बुँदे सहमति, घाइते, अपाङ्ग र लिम्बुवान सहिदहरुलाई लोसपाले नेपालले स्वामित्व ग्रहण गर्ने सहमति भएको छ ।



    जिल्ला प्रदेशदेखि केन्द्रसम्मका राष्ट्रिय एकता पार्टी, नेपालका सबै संगठनहरुलाई लोसपा नेपालमा समायोजन गरिने सम्झौतापत्रमा उल्लेख छ ।

    संघ र प्रदेशको चुनावमा राष्ट्रिय एकता पार्टी नेपाललाई समुचित स्थान दिइनुको साथै राष्ट्रिय एकता पार्टीका अध्यक्ष प्रेमकुमारलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश १ को इन्चार्जको समेत जिम्मेवारी दिएको सम्झौतापत्रमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार