Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमितको संख्या ४२ पुग्यो

    काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमितको संख्या ४२ पुग्यो

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 993
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो ।



    मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।



    हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पहिलो पटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो ।

    त्यसपछि डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, कागेश्वरी मनहरा, बुढानीलकण्ठ, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा लगायतका स्थानमा हैजाका संक्रमित भेटिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार