Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सत्ता गठबन्धनमा लोसपालाई सहभागी गराउने तयारी

    सत्ता गठबन्धनमा लोसपालाई सहभागी गराउने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २३ साउन २०७९
  • 870
    SHARES

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सहभागी गराउने तयारी भइरहेको छ ।

    सोमबार बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोसपालाई गठबन्धनमा ल्याउन शीर्ष तहमा छलफल जारी रहेको बताएका हुन् ।



    सिट बाँडफाँटका लागि गठित ११ सदस्यीय कार्यदलका सदस्य कार्कीले गठबन्धनमा लोसपालाई ल्याउनेबारे छलफल भइरहेको बताए । ‘लोसपा गठबन्धनमा आउँछ। दलका शीर्ष तहमा योबारे छलफल भैरहेको छ’ सञ्चारमन्त्री कार्कीले भने।



    शुक्रबार (२० साउन) बसेको गठबन्धनको बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलबीच गठबन्धन गरेर जाने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार